प्रदेश लेखा नियन्त्रक कार्यालय, लुम्बिनी प्रदेश, बुटवल, लुम्बिनी प्रदेश सरकारको संचित कोष सञ्चालन गर्ने आर्थिक मामिला मन्त्रालय अन्तर्गत विभाग स्तरको निकाय हो । यो कार्यालय २०७५ साल श्रावण १ मा स्थापना भएको हो । यस कार्यालयले आर्थिक प्रशासन सम्वन्धमा आवश्यकता अनुसार विभिन्न निकायहरुसँग समन्वय गरी प्रदेश संचित कोषको लेखा अध्यावधिक राख्ने तथा सो को एकिकृत बार्षिक वित्तिय विवरण तयार गरी आर्थिक मामिला मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने गर्दछ ।
यसका साथै यस कार्यालयले प्रदेश सरकारको बजेट कार्यान्वयनमा सहजिकरण गर्ने, आय व्ययको अभिलेख राख्ने, प्रदेश सरकारका मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक प्रशासनको संचालन सम्वन्धमा निर्देशन दिने, आन्तरिक लेखा परिक्षण गर्ने गराउने कार्यहरु समेत सम्पादन गर्दछ ।
प्रदेश पदकका लागि आवेदन पेश गर्ने फारम | भदौ १७, २०७८ |
||
आ.ब. २०७६।०७७ को बजेट कार्यान्वयन सम्वन्धी मार्गदर्शन | चैत १६, २०७७ |
||
म.ले.प. फारामहरु २०७६ Excel | चैत १६, २०७७ |
||
स्थानीय तहहरुलाई राजश्व वाँडफाँडको रकम पठाईएको विवरण | चैत १६, २०७७ |