लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री सबै प्रदेश मन्त्रालय, सचिवालय तथा कार्यालयहरु

रुपन्देही

संलग्न पत्रमा उल्लेख भएबमोजिम आ.ब. २०७७/७८ को लागि धरौटी खाता र विविध खाताको खाता नम्बर परिवर्तन भएकोले सोहि अनुसार खातामा रकम जम्मा गर्नुहुन र २०७६/०७७ को विनियोजन तर्फ पेश्की फर्छ्यौट, अनुदान फिर्ता आदि कारणले रकम दाखिला गर्नुपर्ने भएमा २०७७ साउन १ देखि खर्च खातामा दाखिला नहुने हुदा राजश्व खाताको सम्वन्धित राजश्व शिर्षकमा जम्मा गर्ने व्यवस्था मिलाउनुहुन अनुरोध छ ।