प्रदेश लेखा नियन्त्रक कार्यालय, लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल, लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत विभागस्तरको निकाय हो। यो कार्यालय २०७५ साल श्रावण १ मा स्थापना भएको थियो। यस कार्यालयले सार्वजनिक वित्तिय व्यवस्थापन सम्वन्धमा आवश्यकता अनुसार विभिन्न निकायहरुसँग समन्वय गरी प्रदेश संचित कोष सञ्चालन गर्ने, सो को लेखा अध्यावधिक राख्ने र एकिकृत बार्षिक वित्तिय विवरण तयार गरी आर्थिक मामिला तथा योजना मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने गर्दछ। यसका साथै यस कार्यालयले प्रदेश सरकारको बजेट कार्यान्वयनमा सहजिकरण गर्ने, आय व्ययको अभिलेख राख्ने, प्रदेश सरकारका मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक प्रशासनको सञ्चालन सम्वन्धमा निर्देशन दिने, आन्तरिक लेखा परिक्षण गर्ने गराउने, वित्तिय तथ्यांक प्रकाशन गर्ने लगायतका कार्यहरु समेत सम्पादन गर्दछ।